काठमाडौँ – संसदको काम सरकारले ल्याएका विधेयकमाथि छलफल गरेर त्यसलाई पारित गर्नु मात्र होइन। जनजीवनका विविध विषयमा उठेका सवालहरुमाथि छलफल गरेर सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि निर्देशन गर्नु पनि हो।
तर, असोज २ गते अन्त्य भएको संसदको चौथो अधिवेशनमा सार्वजनिक सरोकारको विषयमा छलफल नै नगरी सकिएको पाइएको छ। सांसदहरुले विभिन्न विषयमा प्रस्ताव दर्ता गराए पनि एउटा मात्र छलफल गरेको हो।