सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भण्डारण गरी राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतवार अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले जुटको बोरामा लुकाईएको Neogel 90 लेखिएको High Explosive अं. २०५ लोला (अं. २५ के.जी.) विष्फोटक पदार्थ फेला पारेको हो। विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि हो भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेल लगायतका व्यक्तिहरु समेतले करिब १ महिनाअगाडि ल्याई लुकाई भण्डारण गरी राखेको खुलेको छ।
त्यस्तै उनिहरुको साथबाट अवैद्य हतियार–२ थान, सोमा प्रयोग हुने गोली राउण्ड थान–४ थान र विभिन्न दस्तावेज तथा आर्थिक सहयोग सम्बन्धी पत्रहरु, माईन्युट बुकहरु, डायरीहरु र रसिदहरुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानबाट दमक लगायतका बिभिन्न स्थानमा रहेका एनसेल टावरमा बिष्फोटनरआगजनि गराई क्षति पुर्याएको र बिभिन्न ब्यक्तिहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा माग गरी आतंकित बनाएको समेत खुल्नमा आएकोे छ ।
प्रहरीले उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।