​​फोहोरले अस्तव्यस्त राजविराज

तस्बिरः नेपाललाइभ

राजविराज- हिन्दू नेपालीको महान् पर्व दसैं सुरु भएको छ। अधिकांश ठाउँमा दसैं, तिहार, छठलगायतका चाडपर्व लक्षित सरसफाई कार्यक्रम चलिरहेका छन्। तर, सप्तरीको राजविराज नगरपालिकाले भने नियमित जम्मा हुने फोहोरसमेत व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित बन्दै गएको छ। समस्या पुरानै हो, सुँगुर तथा अन्य छाडा चौपाया नियन्त्रणमा समेत नगरपालिका असफल छ। पशुचौपाया छाडा नछोड्न माइकिङ गराउँदासमेत पशुधनीले अटेर गरेपछि फोहोर मात्र नभई सवारी दुर्घटनाको सम्भावना पनि उत्तिकै बढेको छ।

बस्ती नजिकैका मूल सडकमा फोहोर ल्याएर थुपार्ने, फोहोर फाल्ने समयको पालना नगर्ने र नगरपालिकाले पनि जथाभावी फोहोर फाल्नेलाई कडाई नगरेका कारण सरसफाईको अवस्था बिग्रँदो छ। नगरपालिकामा ५० जना सरसफाईकर्मी रहे पनि समयमा फोहोर नउठ्ने गरेको स्थानीयवासीको गुनासो छ।

प्रकाशित मिति: : 2019-09-30 06:45:42

प्रतिकृया दिनुहोस्