इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति भएको खेलमा साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
१० खेलाडीमा सिमित इन्टरलाई जित दिलाउन स्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टो गाग्लीआर्डीनीले समान एक एक गोल गरे । साम्पडोरियाका जाकुब जान्क्टोले एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा नै इन्टरको लागि सेन्सीले गोल गरेका थिए । त्यसको दुई मिनेटमा नै सान्चेजले गोल गर्दै अग्रता दोब्ब बनाए । तर पहिलो हाफ सकिनुभन्दा अगाडी अर्थात ४६ औं मिनेटमा सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समिति बनेको थियो ।
५५ औं मिनेटमा साम्पडोरिया जान्क्टोले गोल पर्काए । उनको गोल मार्फत अग्रता २–१ मा झर्यो । तर खेलको ६१ औं मिनेटमा इन्टरको लागि गाग्लीआर्डीनीले गोल गरे । उनकै गोल मार्फत इन्टरले ३–१ को अग्रताको साथ अंक तालिकामा ३ अकं जोड्यो ।
जितसँगै शीर्ष स्थानमा फर्किएको इन्टरले ६ खेलमा १८ अंक जोडेको छ । लिगमा अपराजित इन्टरले दोस्रो स्थानको युभेन्ट्सलाई २ अंकले पछि बनाएको छ।
३ अंक जोडेको साम्पडोरिया पुछारमा रहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया