‘छ माया छपक्कै बिच्च बिच्चमा’

बिएल

चलचित्र प्रमोशनका लागि दिपकराज गिरी र उनको टिमले नयाँ नयाँ शैली अपनाउँछ । यो बर्ष चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनकलागि तीजमा राम्रै बजेको ‘बिच्च बिच्चमा’ बोलको गीतलाई प्रयोग गरिएको छ ।

गायक दुर्गेश थापाले आफ्नो राम्रो चर्चा पाएको गीतलाई ‘छ माया छपक्कै बिच्च बिच्चमा’ बोलको प्रमोशनमा प्रचार गरेका छन् ।

दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतलाई फिचर्ड गरिएको छ।

गीतको भिडियोको निर्माण तीज गीत ‘बिच्च बिच्चमा’कै शैलीमा गरिएको छ। शिव विकले निर्देशन गरेको प्रमोशनल भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले मिलेर बनाएको यो चलचित्रले राजनीति र प्रेमको कथा भन्छ ।

प्रकाशित मिति: : 2019-09-27 15:59:18

प्रतिकृया दिनुहोस्