प्रधानमन्त्री ओली स्वदेश फर्किए, विमानस्थल बन्द

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार साँझ स्वदेश फर्किएका हुन्।

ओली बिहीबार बिहान मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एउटा टुकडीले सलामीसमेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली स्वदेश फर्कने समयमा शुक्रबार साँझ ४५ मिनेट अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारिएको थियो।

मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2019-05-31 19:25:45

प्रतिकृया दिनुहोस्