दोश्रो चरणको जागरण अभियानको अन्तिम दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।
बिरोध प्रदर्शनपछि हेटौंडामा आयोजित जागरण अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले दुई तिहाईको आडमा कांग्रेससँग पौठेंजोरी खोजे कम्युनिष्ट सकिन धेरै समय नलाग्ने दावी गरे।
कांग्रेस मकवानपुरका पार्टी सभापति समेत रहेका बानियाले वर्तमान सरकार काण्डै काण्डमा फसेको आरोप लगाए । वर्तमान सरकार हत्या, हिंसा, बलात्कार लगायतका काण्ड, सुन काण्ड, वाइडबडी जस्ता काण्डै काण्डमा फसिरहेको बताए ।
हेटौंडाको पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
कांग्रेसले गत भदौ २५ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गरेको थियो । अभियानको अन्तिमदिन मंगलबार कांग्रेसले ७७ जिल्ला सदरमुकाममा जिल्ला सभापतिको नेतृत्वमा विरोध र्यालीसहित सभाको आयोजना गर्दैछ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया