लुम्बिनी विकास कोषको सदस्यसचिव विष्णुप्रसाद ढकाल हटाइए

लुम्बिनी विकास कोषको सदस्यसचिव विष्णुप्रसाद ढकाल

सरकारले अनियमिततामा मुछिएका र अख्तियारद्वारा विभागीय कारबाही सिफारिस गरिएका लुम्बिनी विकास कोषको सदस्यसचिव विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय गरेको छ।

वैशाख १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै बिहिबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी गराएका हुन्।

तत्कालिन पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा लुम्बिनी विकास विषमा सदस्य सचिवको रूपमा नियुक्त गरेको थियो।

जिल्ला विकास समिति ललितपुरमा छँदा विनियम निर्माणको अनियमिततामा मुछिएका उनलाई पछि अख्तियारले कारबाही सिफारिस गरेको थियो।

ढकालको नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा समेत मुद्दा परेको थियो।

प्रकाशित मिति: : 2019-05-30 16:50:48

प्रतिकृया दिनुहोस्