निर्वाचनका क्रममा मारिएका ५४ भारतीय जनता पार्टी (बिजेपी) का समर्थकहरूको परिवारलाई सरकाले निम्तो दिएको भन्दै नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले समावेश हुन अस्विकार गरेकी छिन्।
बुधबार मात्र संवैधानिक मान्यतालाई आफूले स्विकार गर्ने बताउँदै ममताले प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा समावेश हुने बताएकी थिइन।
बिजेपीले आज साँझ ७ बजे हुने सपथ ग्रहण कार्यक्रममा बंगालको निर्वाचनमा मारिएका आफ्ना ५४ कार्यकर्ताको परिवारलाई विशेष निम्तो दिएर सहभागी गराउँदैछ।
ममताले बंगालको निर्वाचनलाई लिएर सत्तारुढ पार्टीले राजनीति गर्न खोजेको भन्दै यसको विरोध गरेकी छिन् र उनी २४ घण्टाभित्र ‘यूटर्न’ भएकी हुन्। निर्वाचन अगाडि मोदीलाई भारतको प्रधानमन्त्री मान्न आफू तयार नभएको भन्दै विवादमा मुछिएकी ममताले दोस्रो कार्यकालको सपथमा आउने जानकारी दिएकी थिइन।
बंगालमा भाजपाले यसपालि ऐतिहासिक १८ सिट जितेको छ। २०१४ को निर्वाचनमा भाजपाको खातामा २ सिट मात्र थियो। आफ्नो गढमा बिजेपीको उपस्थिति बलियो बन्न थालेपछि ममता आक्रामक भएकी थिइन। बुधबार मात्र ममता अध्यक्ष रहेको तृणमूल कांग्रेसका ३ सभासद पार्टी परित्याग गर्दै भाजपामा प्रवेश गरेका थिए।