नवाजकी छोरीले भनिन– इमरान कट्पुतली हुन्

तस्बिरः एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विहिबार हुने दोस्रो कार्यकालको सपथ ग्रहणमा पाकिस्तानी समकक्षी इमरान खानलाई निम्तो नदिएको विषयलाई लिएर पाकिस्तानको राजनीति यतिबेला ताँतिएको छ।

मोदीले दोस्रो कार्यकालका लागि विहिबार साँझ ७ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ। यसका लागि भारतले सार्क राष्ट्रलाई भन्दा बिमिस्टेकमा आवद्ध राष्ट्रलाई बढी महत्व दिएको छ।

२०१४ मा पहिलो पल्ट प्रधानमन्त्री बन्दा भारतले तत्कालिन पाकिस्तानी प्रधानमन्त्री नवाव सरिफलाई निम्तो दिएको थियो। तर, यसपालि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री इमरान खानलाई निम्तो नदिएको विषयलाई लिएर नवावकी छोरी मरियमले लाहोरको एक जनसभामा कडा बयान दिएकी छिन्।

उनले आफ्नो बुवालाई भेट्न मोदी पाकिस्तान नै आएको प्रसंग उप्काउँदै भनिन्र्, इमरानको फोन भारतीय प्रधानमन्त्रीले उठाउँदा पनि उठाउँदैनन्। उनको हैसियत यहीबाट प्रमाणित हुन्छ।’

नवाव सरिफ हाल भ्रष्टाचारको मुद्धामा पाकिस्तानी जेलमा छन्। छोरी मरियम पाकिस्तानी मुस्लीम लिग–एनकी उपाध्यक्ष हुन्। बुवा जेल परेपछि पार्टीको सबै काम उनले नै हेर्दै आइरहेकी छिन्।

मरियमले मंगलबार पाकिस्तान न्युक्लियर राष्ट्रमा समावेश भएको अवसरमा लाहोरमा आयोजित एक कार्यक्रममा भनिन्र्, मेरो बुवाले यो देशलाई न्युक्लियर राष्ट्र बनाउनु भयो। तर, इमरानले पाकिस्तानलाई माग्ने बनाए।’

पाकिस्तानले २८ मे, १९९८ मा नवाजकै कार्यकालमा पहिलो पल्ट न्युक्लियर टेस्टको सफलतापूर्वक परीक्षण गरेको थियो। यिनै मोदी हुन्, जो नवाजको समयमा पाकिस्तान आएका थिए। अहिले किन मानिसहरु तपाईको फोन उठाउँदैनन्? किन मान्छे तपाईसँग बोल्दैनन्। किनभने तपाईले सत्तामा आउन छल गर्नुभयो,’ उनले इमरानतर्फ इसारा गर्दै भनिन्र्, तपाई कट्पुतली हो। तपाई अरुको इसारामा नाचिरहनु भएको छ। त्यसैले तपाईलाई कुनै देशले सम्मान दिइरहेका छैनन्।’

इमरान खान पाकिस्तानको प्रधानमन्त्री भएयता भारतीय समकक्षीसँग भेट भएको छैन्। तीन महिनाअघि भारत स्वशाषित राज्य कस्मिरको पुलवामामा ४० भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरि भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको भन्दै भारतले विरोध गर्दै आइरहेको छ।

भारतको १७ औं लोकसभा निर्वाचनअगाडि कास्मिरमा भएको दोस्रो आतंकवादी हमलापछि भारतीय युद्ध विमान पाकिस्तानको सीमा भित्र प्रवेश गरेको थियो। यतिबेला भारत र पाकिस्तानबीच युद्ध हुने आशंका पनि व्यक्त गरिएको थियो।

युद्धको माहोललाई कम गर्न गत फेब्रुअरीमा इमरानले मोदीलाई फोन गरेका थिए। तर, मोदीले फोन नउठाएपछि इमरानको आलोचना पाकिस्तानमा भइरहेको छ।

 

 

प्रकाशित मिति: : 2019-05-29 16:47:04

प्रतिकृया दिनुहोस्