सोमबार, १५ डिसेम्बर २०२५

सरकारको कार्यशैलीले आगामी निर्वाचनबाट कांग्रेसको सत्तारोहण : विश्लेषक आचार्य

News Image
कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकारसमेत रहेका पुरञ्जन आचार्य
• • •

काठमाडौं- कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकारसमेत रहेका पुरञ्जन आचार्यले कांग्रेसका लागि सरकारको प्रतिवाद गर्ने अनुकुल समय आएको बताएका छन्। 

विचार र संगठनमार्फत वर्तमान सरकारको प्रतिवाद गर्नुपर्ने उनको राय छ। ‘कांग्रेसमा बुद्धिमता हुने हो भने यही बेला हो, कम्युनिष्टलाई विचार र संगठनबाट प्रतिवाद गर्ने,’ उनी भन्छन्। वर्तमान कांग्रेसको नेतृत्वले सशक्त वैचारिक प्रतिवाद गर्न नसक्नेमा भने उनी ढुक्क छन्। आमजनताले अपेक्षा गरे अनुरुप सरकारले ‘डेलिभरी’ गर्न नसकिरहेको आवाज उठेको बेला त्यसको प्रत्यक्ष फाइदा प्रतिपक्ष दल कांग्रेसले उठाउन सक्छ? राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘समय अनुकुल हो। तर, ठुलो ‘तर’ है। कांग्रेस त्यसको लागि तयारै छैन। विचारको त झन कुरै भएन। स्वामित्व लिन सक्ने हैसियता वर्तमान नेतृत्वमा छैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!