दसैं आयाे टालटुल सुरू

त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडकखण्डका खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिँदै। तस्बिर : सरिता/नागरिक

धादिङ – दसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुख्र्यौली घर फर्कन हतारो छ। राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड वर्षौंदेखि जीर्ण छ। जीर्ण सडक हरेक चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन।

हतार–हतारमा यो सडक टालटुल गर्ने क्रम यस वर्ष पनि दोहोरिएको छ। बिग्रिएको यो सडक हतार–हतारमा कालोपत्रे हालेर टालटुल गरिँदैछ। नोबिसै भएर काठमाडौं पस्ने देब्रे लेन ठाउँठाउँमा खाडल पर्दा निकै जीर्ण छ। मालवाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन्। हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन ठाउँठाउँमा धसिँदा खाल्डा बनेका हुन्। चाँडचाँडै बिग्रिने यो सडकखण्डलाई अन्य समयमा बेवास्ता गरे पनि दसैं–तिहारका बेला भने टालटुल गरिन्छ। टालटुल गर्ने प्रचलन नौलो होइन। गत वर्ष पनि दसैं आउनुपूर्व खाल्डाखुल्डी पुरिएको थियो। यो वर्ष पनि त्यस्तै भइरहेको छ।

प्रकाशित मिति: : 2019-09-23 07:07:17

प्रतिकृया दिनुहोस्