दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि २० खेलमा भारतमाथि सानदार जित निकालेको छ । पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले पराजित गर्दै तीन टि २ ० सिरिज १–१ को बराबरीमा सकाएको हो ।
१ सय ३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिकाको सहज जितमा कप्तान तथा ओपनर क्विन्टन डी कक ७९ रनमा अविजित रहे । उनले ५२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै रिजा हेन्ड्रिक्सले २६ बलमा ४ चौका सहित २८ रनमा क्याच आउट भए । तेम्बा बभुमा २७ रनमा अविजित रहे ।
भारतका लागि एक मात्र विकेट हार्दिक पान्ड्याले लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ३६ रनको योगदान दिए । उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै ऋषभ पन्त र रविन्द्र जडेजाले समान १९ तथा हार्दिक पान्ड्याले १४ रन जोड्दा अन्यको प्रर्दशन सम्झन योग्य रहेन ।
ओपनर रोहित शर्मा र कप्तान विराट कोहली समान ९ रनमा क्याच आउट भए ।
दक्षिण अफ्रिकाका लागि युवा तीब्र गतिका बलर कागिसो रबाडाले ३ विकेट लिए । यस्तै बेयूरन हेन्डिक्स र बीज्रोन फोर्टुइनले समान २ विकेट लिए । तरबेज शम्सीको नाममा १ विकेट रह्यो । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया