नेपाल र भारतबीच तीन अन्तर्राष्ट्रिय टी–२० सिरिज हुने

बिएल

शारिरीक रुपमा अशक्त तर मनोबल र सीपमा कुनै कमी नभएका क्रिकेट खेलाडीहरुको अन्तराष्ट्रिय क्रिकेट सिरिज सुरु हुन लागेको छ । यही असोज ५ देखि ७ गतेसम्म हुने तीन अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपाल र भारतबीच हुने भएको हो ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै उक्त क्रिकेट सिरिजकामा भाग लिन जाने नेपाली क्रिकेट टीमलाई खेल सामान हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै सिरिजका आयोजक व्हील चियर क्रिकेट संघको अध्यक्ष छुल्ठिम शेर्पाले प्रेरणादायी सद्भावका लागि अत्यन्तै भावुक भएको बताए । 'हामी तपाइहरुको पूरा हौसला र नेपाली स्वाभिमान बोकेरे मैदानमा उत्रनेछौं,'अध्यक्ष शेर्पाले भने, 'यो हौसलाका लागि झमक घिमिरे साहित्य कला प्रतिष्ठान र तपाइहरुलाई हृदयदेखि धन्यवाद प्रकट गर्दछौं ।'

यस्तै कप्तान प्रकाश खरेल र उपकप्तान प्रदिप रिजालले एकै लयमा प्रतिवद्धता व्यक्त गरे ।प्रतिष्ठानका उपाध्यक्ष अनिता लामा नेतृत्वमा प्रतिष्ठान, काठमाडौं समितिका सदस्यहरु रमेश कँडेल र सरोज भण्डारीको उपस्थितमा खेलाडीहरुलाई खादा सहित शुभाकामना प्रदान गरेका थिए ।

प्रकाशित मिति: : 2019-09-22 15:57:03

प्रतिकृया दिनुहोस्