सोमबार, १५ डिसेम्बर २०२५

माछा मार्ने क्रममा पोखरीमा डुबेर महिलाको मृत्यु

News Image
सांकेतिक तस्बिर
• • •

महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन् ।

शनिवार राति मिना बिजलपुरा चल्कीटोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी थिईन् । माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!