काठमाडाैं, असोज ३ : नेपालमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो। यसलाई बजाउन धनुको प्रयोग हुन्छ। सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ।
लोकप्रिय हुँदाहुँदै पनि लोप हुँदै गएको सारङ्गीकोे महत्व दर्शाउँदै हरेक गीत सङ्गीतमा प्रयोग बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संविधान दिवसको अवसरमा बिहीबार राति २० जना सारङ्गीवादक भेला पार्यो। कार्यक्रमको नाम थियो ‘सारङ्गीमा देश’। कलाकारले झण्डै डेढ दर्जन मौलिक भाकामा धुन निकालेर सङ्गीत पारखीलाई भरपुर मनोरञ्जन दिलाए।