भारतका पूर्व प्रधानमन्त्रीले निर्वाचन हारे

Agency

भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा लोकसभा निर्वाचनमा पराजित भएका छन्। उनी दक्षिण भारतको कर्नाटका राज्यको तमकुर क्षेत्रबाट चुनावी मैदानमा थिए। 

उनलाई सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का जिएस बासाभराजसँग १३ हजार मतले पराजित गरे।

आफ्नो नाति प्रज्वल रेभानालाई राजनीतिमा स्थापित गर्न पुरानो निर्वाचन क्षेत्र छोडेका थिए। बासाभराजले ५ लाख ९६ हजार १ सय २७ मत प्राप्त गरेका थिए। देवेगौडाले ५ लाख ८२ हजार ७८ हजार मत प्राप्त गरे।

देवेगौडाले सन् २०१९ को निर्वाचन आफ्नो अन्तिम निर्वाचन भएको बताउँदै भोट मागेका थिए।

जनता दलका ८६ वर्षीय यी नेता भारतको ११ औं प्रधानमन्त्री हुन्। उनी सन् १९९६ मा प्रधानमन्त्री नियुक्त भएका थिए। उनको कार्यकाल करिब १ वर्षको थियो। उनी १९९४ देखि १९९६ सम्म कर्नाटकाका मुख्यमन्त्री पनि थिए।

देवेगौडाका नाति प्रज्वलले भने हसन निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका छन्। उनी ६ लाख भन्दा बढी मतले विजयी भएका हुन्। यो क्षेत्रबाट देवेगौडाले पाँच पल्ट चुनाव जितेका थिए।

 

 

प्रकाशित मिति: : 2019-05-24 10:41:04

प्रतिकृया दिनुहोस्