दार्जिलिङमा फेरि फुल्यो कमल: राजु विष्ट भए दार्जिलिङका 'गोर्खे सांसद'

पहाडकी रानी दार्जिलिङमा फेरि एकपटक कमल फुलेको छ।यसअघि गोरखाबहुल यस क्षेत्रमा अन्य समुदायकै उम्मेद्वारले कमल फुलाएका थिए।तर, यसपटक एक गोर्खाले नै कमल फुलाएकन छन्। उनी हुन् भारतीय जनता पार्टीका राजु सिंह विष्ट। मणिपुरका विष्ट दार्जिलिङ आएर पहिलो कमल फुलाउने गोर्खा भएका हुन्।  

उनले त्रिणमुल कांग्रेसबाट उम्मेद्वार बनेका दार्जिलिङका भेट्रान नेता अमरसिंह राईलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।लामो सयमदेखि राजनीति गर्लै आएका राई यसै क्षेत्रका विधायक हुन्। 

१६ जना उम्मेद्वार रहेको दार्जिलिङमा विष्टले सात लाख ५० हजार ६७ मत पाएका छन्। यो कुल् मतसंख्याको ५९.१९ प्रतिशत मत हो। उनका निकटतम प्रतिस्पर्धी अमरसिंह राईले तीनलाख ३६हजार ५सय ३४ (२६.५६%) मत प्राप्त गरे। कांग्रेसका शंकर मालाकार ६५ हजार एकसय ८६ (५.१४%) मत पाएर तेस्रो भए भने कम्युनिष्ट पार्टी इण्डिया(मार्क्सवादी) का समन पाठक ५० हजार पाँचसय २४ (४.६५%) चौथो भए। १० हजार नौसय २५ (०.८४%) नो भोटमा परेको छ।

राजु क्षेत्रीको जीतले ममता बेनर्जीको दार्जिलिङ कार्ड संकटमा परेको छ।उनले विमल गुरूङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चालाई फुटाएर विनय तामाङलाई दार्जिलिङको प्रशासक बनाएका थिए।विनयको समर्थनमा त्रिणमुल कंग्रेसले राईलाई त्यहाँ उम्मेद्वार बनाएको थियो।विमल गुरूङ समर्थकहरूले भने भाजपाका क्षेत्रीलाई जिताउन कुनै कसर बाँकि राखेका थिएनन् । 

भाजपाका बिष्टको जितले यहाँ विमल गुरूङको राजनीति सकिएको छैन भन्ने पुष्टिगरेको छ। यसबाट विनय तामाङलाई ठुलो धक्का मात्र लागेको छैन, उनको राजनीति सकिने दिनगन्ति पनि सुरू भएको बताउन थालिएको छ। 

प्रकाशित मिति: : 2019-05-24 00:12:33

प्रतिकृया दिनुहोस्