एपीएफ टोलीद्वारा चोरीपैठारीका चार लाख ८० हजार रुपैयाँ बराबरको जुत्ता बरामद

फाइल तस्बिर

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले सोमबार करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।एपीएफ टोलीले बरामद जुत्ता आवश्यक कारवाहीको लागि भन्सार कार्यालयभैरहवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र ३० गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ना. ३ ख ५१६४ नम्वरको यात्रुवाहक बसमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट बरामद गरेको हो ।बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खक्रौला ईलाकाबाट भाद्र ३१गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भाडावर्तन बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त भाडा वर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो  ।एपीएफ टोलीले बरामद भाडा वर्तन आवश्यक कारवाहीको लागि स्थानीय भन्सारकार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति: : 2019-09-17 17:47:06

प्रतिकृया दिनुहोस्