असोज २ गते सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

फाइल तस्बिर

आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् ।

असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट निःशुल्क गर्न सोमबार सूचना निकालेर मन्त्रालयले निर्देशन दिएको हो।

३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग (ओ.पि.डी) सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: : 2019-09-17 15:57:27

प्रतिकृया दिनुहोस्