म्याग्दीमा बस दुर्घटना, १२ यात्रु घाइते

फाइल तस्बिर

म्याग्दी १ बरचौर स्थित पृथ्वी राजमार्गमा दुई बस ठोक्किँदा १२ यात्रु घाइते भएका छन् ।

ऋषिङबाट दमौली आउँदै गरेको ग १ ख ७५३४ नम्बरको बसले पोखराबाट दमौली आउँदै गरेको ग १ ख ८५८२ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा अघिल्लो बसमा सवार यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।  थप बिवरण भने आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: : 2019-09-17 15:43:09

प्रतिकृया दिनुहोस्