अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा बढ्यो: मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले अराजकता र उछृङ्खल गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने बताए ।

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ उनले भने, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

 

प्रकाशित मिति: : 2019-09-17 13:24:32

प्रतिकृया दिनुहोस्