चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक

बिएल

चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकार निश्चल बस्नेतलाई मात्र प्रस्तुत गरिएको छ । नायिका स्वस्तिमा खड्कालाई भने फस्टलुकमा स्थान दिइएको छैन ।

गौरी मल्लको विशेष भूमिका रहेको चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।

यो चलचित्र कात्तिकको ८ गतेबाट रिलिज हुने छ । योसँगै चलचित्र ‘पोई पर्यो कालेसँग यो चलचित्र जुध्ने पक्का भएको छ ।

प्रकाशित मिति: : 2019-09-16 17:02:45

प्रतिकृया दिनुहोस्