राष्ट्रिय बाल दिवस : बालबालिकामाथि बलात्कार र यौन दुर्व्यवहारका घटनामा वृद्धि २०७५\७६ मा २३४ जना बालिका बलात्कृत, अधिकांश आफन्तबाटै

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस । सरकारले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदै छ । यस बर्ष ‘सुनिश्चित बाल अधिकार—समृृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ ।बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसामा भने कुनै कमी आउन सकेको छैन । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रम कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याङ्कभन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याङ्कलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ ।

प्रकाशित मिति: : 2019-09-15 19:49:39

प्रतिकृया दिनुहोस्