बाँके घटना: नहुनु पर्ने घटना भएको छ तर नेकपाको निर्देशन होइन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशनमा नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने उनले स्वीकार गरे ।

उनले घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । 'केही पक्राउ परिसकेका छन्', गृहमन्त्री थापाले भने, 'यो घटनालाई राजनीतिक रुपमा नलिन सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’

 राष्ट्रिय जागरण अभियान अन्तरगत २६ भदौमा बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए । नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ’, गृहमन्त्री थापाले भने ।

प्रकाशित मिति: : 2019-09-15 14:28:34

प्रतिकृया दिनुहोस्