पुनः मनसुन सक्रिय, तीन दिनसम्म वर्षाको अनुमान

फाइल तस्बिर

काठमाडौं । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताए । “अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ”, उनले भने ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुनाका साथै मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातयातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपाउन पनि आग्रह गरेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान:

 

भाद्र २९ गते (आइतवार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३० गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३१ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति: : 2019-09-15 14:18:42

प्रतिकृया दिनुहोस्