खोलामा सिधै ढल

तस्बिर : धोविखोलामा मिसाइएको ढल

कानुनले भन्छ– खोलामा सिधै ढल मिसाउन पाइदैन। यो कानुन विपरीत हो। तर संघीय राजधानी काठमाडौंलगायत देशैभरका खोलामा मानव मलमूत्र तथा अनेक खालका रसायनसहितको ढल सिधै मिसाइएको छ। उपत्यकामा घर–घरबाट निस्कने ढल बाग्मती र यसका सहायक बल्खु, विष्णुमती, टुकुचा, धोवीखोला, मनहरा, हनुमन्ते, नख्खु, कोड्कुलगायतका खोलामा मिसाइने गरिएको छ । यसले जलचर र सिँचाईमा समेत असर परेको छ। सरकारले कानुन र मापदण्डको व्यवस्था गरे पनि पालना गर्न नसक्दा जलप्रदूषण बढेको पुर्व वातावरणमन्त्री गणेश शाहले बताए।

खानेपानी र ढलको व्यवस्थापन गर्न मन्त्रालय अन्तर्गत आधादर्जन बढी निकाय छन्। उपत्यकाभित्र महानगरपालिका र नगरपालिकाहरूले ढलको व्यवस्थापन गर्दै आएका छन्। तर ढलको सही व्यवस्थापन हुन सकेको छैन। ७ सय ५३ वटै स्थानीय तहले ढलको व्यवस्थापनमा चासो देखाएर योजना वनाउनुको विकल्प नभएको शाहको सुझाव छ।

प्रकाशित मिति: : 2019-09-15 07:00:18

प्रतिकृया दिनुहोस्