सेनाको गोली खाएको र राजा महेन्द्रले हेर्न नपाएको ‘बाघ ढुङ्गो’

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को अकमी–ड्वाँङपुर गाउँको केही माथि वन क्षेत्र हुँदै जाने बाटोमा एउटा ढुङ्गा छ।

सो ढुङ्गामाथि एउटा बसिरहेको बाघको मूर्ति छ। आज पनि यो बाटो हिँड्नेहरू यसलाई देखेपछि एकछिन् टक्क अडिन्छन् र यसलाई हेर्छन्।

यसले उनीहरूको मनमा बाघ झैं दुरूस्तैगरी यो मूर्ति कसले कहिले र किन बनायो होला भन्ने स्वभाविक प्रश्न उब्जाउने गरेको छ। 

स्थानियहरूले यसलाई 'बाघ ढुङ्गो' भन्दछन्।

विगत ६० वर्षदेखि यसले खुला आकाश मुनी घामपानीसँगै मानिसहरूको आक्रमण सह्दै आएको छ।

प्रकाशित मिति: : 2019-09-14 19:30:17

प्रतिकृया दिनुहोस्