नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति वास्तविकताभन्दा बाहिरबाट आएको दाबी गरेका छन् । इन्डो प्यासिफिकको सम्बन्धमा अमेरिकाले नेपालसँग कुनै जवाफ नमागेकोसमेत उनले बताए ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा प्रचण्डले इन्डोप्यासिफिकलाई ‘तथाकथित’ भनेको र त्यसमा नेपाल संलग्न नहुने बताएको भन्दै सामाचारहरु सार्वजनिक भएका थिए । यसबारे अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा मागेको भनिएको थियो । तर, शनिबार बिहान इलामबाट आयोजित पत्रकार भेटघाटमा प्रचण्डले चीनबाट पनि यसबारे आधिकारिक वक्तव्य नआएको र अमेरिकाले पनि आधिकारिक रुपमा कुनै जवाफ नमागेको बताए ।