ब्रुमर हराए, काठमाडौंको धुलो हराएन!

गत असार दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- काठमाडौंमा धुलो कम भइसक्यो, मास्क लगाउन पर्दैन। तुलनात्मक रूपमा त्यतिबेला धुलो कम भएको थियो तर मास्क नलगाई निर्धक्क हिँड्न सक्ने  गरी धुलो हटेको थिएन।

प्रधानमन्त्रीले धुलो हटिसक्यो भने पनि मानिसहरूले मास्क लगाइरहेका थिए। त्यसको केहीदिनपछि प्रधानमन्त्रीले फेरि भने- केही केही मानिस सरकारको विरोध गर्न पनि मास्क लगाएर हिँडिरहेका छन्।

दशैंसम्म भित्री सडक पनि कालोपत्रे भइसक्ने भएकाले काठमाडौं पूर्ण रूपमा धुलोमुक्त  हुने प्रधानमन्त्रीको दाबी थियो। दशैं आउन दुई साता बाँकी छ।  तर प्रधानमन्त्रीले दुई महिनाअघि बाचा गरेजस्तै काठमाडौंको धुलो घटेको छैन बरू दिनदिनै बढिरहेको छ।

प्रकाशित मिति: : 2019-09-12 16:39:23

प्रतिकृया दिनुहोस्