क्यारेबियन प्रिमियर लिगमा बारबेडोस ट्राइडेन्टबाट खेलिरहेका नेपाली स्पिनर सन्दिप लामिछानेले दोस्रो खेलमा उत्कृष्ट बलिङ गरेका छन्।
पहिलो खेलमा मात्र १ ओभर बलिङ गरेका सन्दिपले दोस्रो खेलमा आफूलाई उत्कृष्ट सावित गर्ने क्रममा ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ३ विकेट लिए।
लिगको पहिलो खेलमा गुएना अमेजोन वारियर्ससँग ४७ रनले पराजित भएपछि दोस्रो खेलमा भने वार्बेडोसले उत्कृष्ट कमब्याक गरेको हो।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटस विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् ।
बार्बाडोस ट्राईडेन्टसमा आवद्ध सन्दीपले प्याट्रिटस आव ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण ३ विकेट हात पारे । उनकै शानदार प्रदर्शनमा बार्बाडोस १८ रनले विजयी भएको छ । बार्बाडोसको यो पहिलो जीत हो ।
ट्राईडेन्टसले दिएको १८७ रनको लक्ष्य पछ्याएको प्याट्रिटसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।
उसका लागि लउरी इभन्सले सर्बाधिक ६४ रन बनाए । बलिङमा बार्बाडोसका सन्दीप लामिछानेले ३, हेयादिन वाल्स, जसन होल्डरले २–२, रोशन प्रिमअस र जोश लालोरले एक–एक विकेट लिए ।
सन्दिपको बलिंग
पहिलो ओभर – ७ रन ( ० , ० , १ , १ , ४ , १ ) : इनिङको पाँचौ ओभरमा बलिङ गरेका सन्दिपले कसिलो बलिङ गर्दै ७ रन मात्र दिए। पहिलो ४ बलमा २ रन मात्रै दिएका उनलाई चौथो बलमा लौरी इभान्सले स्क्वायर लेगमा चौका प्रहार गरे। अन्तिम बलमा उनले १ रन लिए।
दोश्रो ओभर – ७ रन ( ० , ० , ० , ० , ६ , १ ) : पहिलो ओभर गरेको ६ ओभर पछि दोस्रो ओभर गर्न आएका सन्दिपले उत्कृष्ट बलिङ गरे। ओभरको पहिलो ४ बलमा सन्दिपले रन नै दिएनन्। शाम्राह ब्रुक्सले ४ बल डट खेलेपछि पाँचौ बलमा सन्दिपले दिएको फ्लाइटलाई छक्का प्रहार गरे। दोस्रो ओभरमा पनि सन्दिपले मात्र ७ रन खर्चिए।
तेश्रो ओभर – ६ रन र २ विकेट ( विकेट , २ , ० , ० , ४ , विकेट)
The spin wizard Sandeep lamichhane is on fire today #CPL19 #Biggestpartyinsport #SKPvBT pic.twitter.com/jG5UyJPtsf
— CPL T20 (@CPL) September 12, 2019
लगत्तै स्पेलमा १३ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले ओभरको पहिलो बलमा शम्राह ब्रुक्सलाई क्याच आउट गराए। अघिल्लो ओभरमा सन्दिपको बल खेल्न संघर्ष गरेका ब्रुक्सले सन्दिपलाई पहिलो बलमा ठूलो सट खेल्न खोज्दा लङ अनमा क्याच आउट भए।
त्यसपछि पनि सन्दिप रोकीएनन्। त्यसपछि लौरी इभान्सले २ रन लिए। तेस्रो र चौथो बल डट फालेका सन्दिपले पाँचौ बलमा पुनः चौका दिए। त्यसपछि ओभरको अन्तिम बलमा ६१ रन बनाएर खेलिरहेका लौरी इभान्स आउट भए।
खतरनाक सावित भइरहेका इभान्सले सन्दिपलाई स्लग स्विप गरेका थिए जुन क्रममा टप एज लागेर स्क्वायर लेगमा क्याच आउट हुन पुगे। ओभरमा मात्र ६ रन खर्चेका सन्दिपले २ ठूलो विकेट पनि लिए।
चौथो ओभर – ५ रन र १ विकेट (० , १ , विकेट , १ , ०, ०)
लगत्तै स्पेलमा १५ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले ओभरको तेस्रो बलमा तेस्रो विकेट लिए। यस क्रममा उनले सेन्ट किट्स कप्तान कार्लोस ब्राथवेटको विकेट लिएका हुन्। सन्दिपले गरेको गुगलीलाई रोक्न खोज्दा ब्याटलाई चल्दै ब्राथवेटको प्याडमा लागेपछि अम्पायरले एलबिडब्लु आउट दिए।
ब्राथवेट निराश देखिए पनि रिप्लेमा बलले स्टम्पको दिशा लिएको र बलले प्याडमा लाग्दा इम्प्याक्ट लाइनमा देखिएको थियो। त्यसपछि वर्षा रोकिएपछि गरेको अन्तिम बलमा कुनै रन दिएनन्।
क्यारेबियन प्रिमियर लिगमा दोस्रो सिजन खेलिरहेका सन्दिपको यो सबैभन्दा राम्रो स्पेल हो।
यसअघि सेन्ट किट्सको लागि खेल्ने क्रममा सन्दिपले ५ खेलमा ७ विकेट लिएका थिए। ७ विकेट लिए पनि सन्दिपले एकै खेलमा २ विकेट भन्दा बढी लिन सकेका थिएनन्।
यो सिजन दोस्रो खेलमा ३ विकेट लिँदै सीपीएल टी-२० मा आफ्नो उत्कृष्ट स्पेल दर्ता गरेका हुन्। सन्दिपले विदेशी अन्तर्राष्ट्रिय टि-२० लिगको एकै खेलमा ३ वा ३ भन्दा बढी विकेट लिएको यो आठौँ अवसर हो।
अन्तर्राष्ट्रिय टी-२० लिगमा सन्दिपले गरेको यो दोश्रो उत्कृष्ट स्पेल हो। सन्दिपले १ पटक पाकिस्तान सुपर लिगमा लाहोर कालान्दर्सको लागि खेल्दै कराँची किंग्स बिरुद्ध ४ विकेट ( ४-०-१०-४ ) लिएका छन्। त्यस बाहेक सन्दिपले एकै खेलमा ३ विकेट भन्दा बढी लिन सकेका थिएनन्।
सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।