ह्यारि केन पेनाल्टीमा चुके, कोसोभोमाथि इंग्ल्यान्डको रोमान्चक जित

तस्बिरः एजेन्सी

युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि रोमान्चक जित दर्ता गरेको छ। सोमबार राति भएको खेलमा ईङ्ल्याण्डले कोसोवोलाई ५–३ गोल अन्तरले हराएको हो ।

खेलको पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिँदै जित निकालेको थियो।

खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो। डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरेका थिए। यद्यपि उक्त गोलले नतिजामा भने खासै असर गरेन। इंग्ल्यान्डले पहिलो हाफमा नै ५ गोल गर्दै फराकिलो अग्रता कायम गर्‍यो।

खेलको आठौं मिनेटमा नै किनको पासमा रहिम स्टरलिङले गोल गर्दै खेल बराबरीमा ल्याए। रहिमकै पासमा कप्तान ह्यारी केनले १८ औं मिनेटमा गोल गर्दै इंगलिस टोलीलाई अगाडि बढाए।

३८ औं मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्‍यो। जेडन सान्चोले देको क्रसलाई कोसोभोका मेर्गिम बोज्बोदाले आफ्नै पोस्टमा छिराए ।

त्यसपछि पहिलो हाफको अन्तिम दुई मिनेटमा इंग्ल्यान्डले दुई गोल थपे। दुवै गोल रहिमको पासमा सान्चोले गोल गरेका थिए। ईङ्ल्याण्ड पहिलो हाफमै ५–१ ले अघि बढेको थियो ।

 दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरेको कोसोभोले २ गोल थप्दा इंग्ल्याण्डले गोल गर्न सकेन।

दोस्रो हाफको ४९ औं मिनेटमा कोसोभोका लागि बेरिशाले नै काउन्टर अट्याकमा गोल गर्दै अग्रता कम गराए।

त्यसपछि ह्यारी मगाएरले पेनाल्टी क्षेत्रभित्र भेदात मुरिकीलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गर्दै ५-३ को स्थितिमा पुर्‍याए।

६५ औं मिनेटमा कप्तान केनले पेनाल्टी मौका पाए पनि त्यसमा गोल गर्न नसक्दा इंग्ल्यान्डको अग्रता बढाउन सकेन।

यो जितसँगै समूह एमा रहेको ईङ्ल्याण्डले ४ खेलमा सतप्रतिसत नतिजा निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा कायम छ।

गए रातिकै खेलमा चेक रिपब्लिकले मोन्टेङ्ग्रोलाई ३–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।

चेकको ५ खेलमा ९ अंक छ भने समान खेलमा कोसोभोको ८ अंक छ। मोन्टेनेग्रो र बुल्गेरियाको २-२ अंक रहेको छ।

प्रकाशित मिति: : 2019-09-11 08:22:12

प्रतिकृया दिनुहोस्