जापानका नयाँ सम्राट नारूहितोले बुधबार राज्यारोहण गरेका छन्।
बुवा आकिहितोले राजगद्दी परित्याग गरेपछिसोही दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारूहितोले औपचारिक रूपमा विधिपुर्वक सम्राट बनेका हुन्।
समारोहमा सम्राट नारूहितोलाई उनका पूर्वजको नासो हस्तान्तरणसमेत गरिएको थियो।
शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोह जापानको स्थानीय समयानुसार बिहान १०:१५ बजे सुरु भएको थियो।सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो समारोहमा नारुहितोलाई एउटा तरबार, एउटा बहुमूल्य जुहारात तथा ऐना दिइएको थियो।
सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो
केन्जी-टो-शोके-नो-गी भनिने सो समारोहमा राजपरिवारका पुरुष सदस्य मात्रै उपस्थिति थिए। त्यसमा महिला सहभागी हुने चलन नभएकाले नयाँ साम्राज्ञी मासाको उपस्थित भइनन्।
उनन्साठी वर्षीय नारुहितोलाई एउटा तरबारको प्रति र एउटा बहुमूल्य रत्न दिइएको थियो।
ती वस्तुलाई जापानी साम्राज्यको शक्तिको प्रतीक मानिन्छ र जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई दिइँदै आएको छ।
उनलाई हस्तान्तरण गरिएको शाही खजानामा एउटा ऐना पनि छ। त्यसलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ र सधैँ एउटा मन्दिरमा राख्ने गरिएको छ।
नारुहितो नयाँ सम्राट भएसँगै जापानमा 'रेवा' नाम दिइएको 'नयाँ युग' सुरू भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो।
जापानमा सम्राट फेरिएसँगै नयाँ युग सुरूहुने परम्परा छ।
राज्यारोहणपछि उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।
छोटो मन्तव्यमा ५९ वर्षीय नारुहितोले भावुक हुँदै आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गरे।
‘उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गर्नुभयो,’ आकिहितोले देशका सेवा गरेको उल्लेख गर्दै सम्राट नारुहितोले भने,‘उहाँले आफ्नो आचारबाटै ठूलो दयाभाव देखाउनुभयो। म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु।’
यद्यपी जापानका सम्राटसँग कुनै राजनीतिक अधिकार भने हुँदैन।तर उनलाई राष्ट्रिय प्रतीकका रूपमा लिइन्छ।
उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले पदत्याग गरेका थिए।दुई सय वर्षको इतिहासमा पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्।
२८ वर्षको उमेरमा राजसंस्थाको उत्तराधिकारी घोषित नारुहितोले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन्। उनलेमासाकोसँगसन् १९९३ मा विवाह गरेका थिए।
जापानको राजसंस्था अहिले विश्वमा अस्तित्वमा रहेकामध्ये सबैभन्दा पुरानो हो।यो इसापूर्व ६०० देखि सुरु भएको मान्यता छ।
जापानमा सम्राटलाई ईश्वर मानिन्थ्यो। तर नारुहितोका हजुरबुवा सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले आत्मसमर्पण गर्दा सार्वजनिक रूपमा दैवी शक्ति परित्याग गरेको घोषणा गरेका थिए।
हिरोहितोका छोरा आकिहितोले सम्राटको भूमिकाको पुनर्व्याख्या गरेर युद्धपछि जापानको छवि सुधारे।
राजगद्दी त्यागेका आकिहितोलाई जापानी भाषामा "जोको" भनेर सम्बोधन गरिनेछ। जोकोको अर्थ "बडासम्राट" हो।
अङ्ग्रेजीमा उनलाई "एम्परर इमेरिटस" अर्थात् "मानार्थ सम्राट" र मिचिकोलाई "एम्प्रस इमेरिटा" अर्थात् "मानार्थ सम्राज्ञी" भनिनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया