भर्खरै लिगामेन्टको सल्यक्रिया गरेका युभेन्ट्सका अनुभवी डिफेन्डर चिलिनी ६ महिना मैदान बाहिर रहने भएका छन्।
उनलाई चिकित्सकहरूले कम्तीमा ६ महिना विश्राम गर्न सुझाव दिएका हुन्।
गत शुक्रबार प्रशिक्षणका क्रममा दायाँ घुँडामा चोट लागेपछि सल्यक्रिया गर्नु परेको थियो। उनको स्वास्थ्यको विषयमा युभेन्ट्सले विज्ञप्ती सार्वजनिक गर्दै उनी ६ महिना बाहिर रहने स्पष्ट पारेको छ।