जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथामिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमान्यून संख्यामामात्र कामदारलैजाने देखिएको छ ।जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।
जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाए अनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ । यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिब दिपक ढकालले पहिलो चरणमा न्यून मात्राका नर्स र केयर गिभर लैजाने जनाएको बताए ।
“कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन,” उनले कारोबारसँग भने, “नेपालबाट श्रमिक लैजाने बारेमा जापान इच्छुक भएपनि पहिलो चरणमा थोरै संख्यामा मात्रै लैजाने देखिन्छ ।”
जापान विदेशी श्रमिक लिनका लागि छनोट गरेको देशमा नेपालमा दक्षिण एशियाबाट एकमात्र देश हो । यसले पनि कुनै न कुनै क्षेत्रमा नेपाली लैजान जापान नेपाल प्रति सकारात्मक भएको देखिन्छ ।जापानले ९ राष्ट्रबाट क्रमशः नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउँदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण विदेशबाट केयरगिभर र नर्सको माग क्रमस उच्च हुने सरकारी अनुमान छ ।
जापानले ५ वर्षमा ४ लाखको हाराहारीमा विदेशी कामदार लिने जनाए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुने देखिएको छ । सरकारले बढीभन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्चस्तरको सीप तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । केही वर्ष अघिदेखिनेपालबाट श्रमिक माग गर्ने आर्कषक श्रम गन्तव्य जापानमात्र हैन कोरियाले समेत दक्षतालाई प्राथमिकता राखेर युवाको छनोट गर्न थालेका छन् ।
भाषा परीक्षामा पास भएका श्रमिकसीपर दक्षता परीक्षण कात्तिक १९ र २० गते गरिने मन्त्रालयले जनाएको छ। भाषासँगै सीप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएका कामदारहरु रोजगारीका लागि जापान जाने छन । भाषा परीक्षामा एन४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ।