सोमबार, १५ डिसेम्बर २०२५

काठमाडोैंमा ओर्लिएपछि प्रचण्डले भने- 'अमेरिकामा नेपालको बदनाम गर्न पाउँदा खुशी हुने नेपाली पनि भेटिए'

News Image
तस्वीर : रासस
• • •

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'अमेरिकामा नेपाललाई बदनाम गर्न पाउँदा, नेपालको जो कोही नेतृत्व गएपनि नकारात्मक दृष्टिले हेर्ने र अलि बदनाम गर्न पाउँदा खुसी लाग्ने केही मान्छे रहेछन्' भन्ने आफूलाई अनुभूति भएको बताएका छन्।

१० दिनको अमेरिका भ्रमण पूरा गरी विहीबार साँझ काठमाडौं आइपुगेका प्रचण्डले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने आफ्नो अमेरिका भ्रमणको अनुभव सुनाए। उनले अगाडि भने - यसपटक पनि त्यस्तो गर्न खोजेको सुन्नमा आयो तर तर त्यस्तो केही हर्कत हुन भने पाएन।'

उनले आफूबिरुद्ध अमेरिकामा उजुरी परेको बारेमा थाहै नभएको बताउँदै भने- 'मेरिल्याण्ड भन्ने स्टेटको अदालतमा उजुरी परेको भन्ने कुरा रैछ। जहाजमा हुँदा मैले चाहिं थाहा पाइन, तर मेरो छोरी र अरुलाई थाहा भइसकेको रैछ।मलाइ टेन्सन हुन्छ भनेर नभनेका रैछन्। प्लेनमा उत्रिनेबित्तिकै त्यहाँ राजदूत र अरू आउनुभएको थियो। मलाई त भूमिगत रूपमा बाहिर निकाल्ने जस्तो कुरा गर्नुभो । मैले त किन त्यसो गर्ने, सिधै नगएर भन्ने सोचें ।'

दूतावासमा अधिकारीले केही भइहाल्यो भनेपनि सफलतापूर्वक निकाल्ने प्लान गरेका रहेछन् भन्दै प्रचण्डले अगाडि भने- 'तर केही हुनेवाला थिएन । खालि भनौं एउटा कन्फ्युजन जस्तो मात्र सिर्जना भएको थियो। तर हामीले त त्यस्तो केही अनुभव त गरेनौं। भोलिपल्ट बिहान नै आफ्नो प्रक्रियामा लागियो ।'

उनी पत्नी सीता दाहालको उपचारका लागि छोरी गंगा, ज्वाइँ जीवन र नर्स अम्विकासँगै १० दिनका लागि अमेरिका गएका थिए। मेरिल्याण्ड, डीसी र अलाबामा पत्नीको उपचार गरेपछि निर्धारित कार्यक्रमअनुसार नै नेपाल फर्केका थिए।

अमेरिकाको केन्‍टकीस्थित फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक डा. तिलक बहादुर श्रेष्ठले संघीय अनुसन्धान ब्यूरो बाल्टिमोरमा प्रचण्डलाई पक्राउ गर्न माग गर्दै उजुरी दिएको घटना सार्वजनिक भएपछि प्रचण्डको भ्रमणलाई लिएर चासो र चिन्ता बढेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!