नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्दबारे बोल्ने नेतालाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मान्छे मार्ने र बम हान्ने समूहलाई कारबाही गर्दा नेताहरुको रोईलो किन हँ?’
आईतबार बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कहिकतै दलका रूपमा दर्ता समेत नभएको समूहले मान्छे मार्न खोज्ने, उनीहरुको उद्योगमा बम पड्काउने र चन्दा माग्ने जस्ता गैर कानुनी काम गरेपछि राज्यले प्रतिबन्द नलगाउनु?’ उनले प्रश्न गरे, ‘राज्यले ठिक गरेको छ, राज्य आफ्नो अडानमा अडिक छ, कसैको रोईलो सुन्दैन।’
‘बिप्लव समूह राजनीतिक दलका रूपमा कतै दर्ता भएको छैन,कुनै कार्यालयमा दर्ता नभएको अनाधीकृत समूहलाई राजनीतिक दल हो भन्ने?’,पत्रकारसँग कुरा गर्दै उनले भने,‘जुन संस्था बिधिवत छैन, त्यसको के कुरा गर्ने।’
दर्तानै नभएको पार्टीलाई के बम पड्काउन दिनु, मान्छे मार्न दिनु? भन्दै उनलेत्यस्तो समूहलाई प्रतिबन्द गर्न खोज्दा नेताहरूको रोईलो किन भएको भनि प्रश्न गरे।
‘त्यसको कुनै तुक छैन, सरकारले जे कदम चालको छ, त्यो ठीक छ, त्यो जनताको हितमा छ’, प्रधानमन्त्री ओलीले भने।
बिप्लव समूहको बारेमा सरकार कुनै ठट्टा नगरेको भन्दै प्रधानमन्त्री ओलीले लुटमार र आतंकका क्रियाकलाप नियन्त्रण गरेकाले यसमा के को रूवाबासी भनि कटाक्ष गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया