पेरुका प्रधानमन्त्रीको राजीनामा

राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएर फर्कदै प्रधानमन्त्री सेजार। तस्बिरः रोयटर्स

पेरूका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन्। पेरुको राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन्।

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका थिए। पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ।

प्रकाशित मिति: : 2019-03-09 15:59:05

प्रतिकृया दिनुहोस्