साउदी युवराज सलमानले नरेन्द्र मोदीलाई ठूला दाई भनेर सम्बोधन गरे

AGENCY

साउदी युवराज मोहम्मद बिन सलमान हाल भारत भ्रमणमा छन्। यही अवसरमा उनले बुधबार आफ्नो देशमा कैदी जीवन भोगिरहेका ८सय ५० भारतीय कैदीहरुलाई रिहा गर्न सहमत भएका छन्। यस निर्णयलाई कार्यान्वयन गर्न उनले निर्देशन पनि दिइसकेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले यो निर्णय प्रधानमत्री मोदीको अनुरोधमा गरिएको बताए। रविशले एक ट्वीटमार्फत यो जानकारी दिएका हुन्।  त्यस्तै युवराजले भारतबाट हजमा जानेहरुको संख्या पनि बढाउने घोषणा गरेका छन्। अब प्रत्यक वर्ष पाकिस्तानीभन्दा बढी संख्यामा भारतीय मुलसमानहरु हज गर्न जानेछन्।

हज यात्रीहरुको कोटा पाकिस्तानलाई भन्दा बढी भारतलाई बुधवार आपसी छलफलको क्रममा भारतका एक केन्द्रीय मन्त्रीले युवराजसँग हज तीर्थयात्रीको कोटा बढाउने प्रस्ताव राखेका थिए। अल्पसख्यक कल्याण मन्त्री मुख्तार अब्बास नकवीले भारतीय मुसलमानहरुको लागि १.८ लाख कोटा माग गरेका थिए। 

साउदी युवराज सलमानले नरेन्द्र मोदीतर्फ फर्कदैं भने, ‘उनी मेरा ठूला दाई हुन्। उनले जे भन्छन् म त्यो गर्नेछु।’ युवराजको उक्त कुरा सुनेपछि प्रधानमन्त्रीले तत्काल ‘दुई लाख’ दिने जवाफ दिए र सलमानले मोदीको प्रस्ताव स्वीकार गरे।

पाकिस्तानबाट प्रत्येक वर्ष हज यात्रा जाने तीर्थालुहरुको कोटा १.८० लाख रहेको छ। यो परिवर्तनसँगै तीर्थयात्रीहरुको कोटा पाकिस्तानको भन्दा भारतीयहरुको बढी हुनेछ।  मोदीको चार वर्षे कार्यकालमा भारतबाट हज तीर्थयात्रा जानेहरुको कोटा ७० हजारले बढिसकेको छ। पछिल्लो पटक साउदी भ्रमण गएका मोदीले त्यहाँको राजा अब्दुल्लासँगको भेटमा ३० हजार बढी कोटाको माग गरेका थिए।

त्यसपछि गएका मन्त्री नकवीले कोटामा बृद्धि गराएका थिए। पछिल्लो समय भारतबाट साउदी अरब तीर्थयात्रा जाने कोटा १.७५ लाख थियो। नकवीले यसमा ५ हजारको बृद्धि चाहेका थिए तर मागेभन्दा बढीको वृद्धि भइको छ।

प्रकाशित मिति: : 2019-02-22 00:12:23

प्रतिकृया दिनुहोस्