बेलायती प्रधानमन्त्री भन्छिन- 'ब्रेक्जीटको प्रगति सकारात्मक हुँदैछ'

Getty Images)

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताएकी छन।'वार्तामा ठोस सहमति भइसकेको छैन, तर वार्ता सकारात्मक उन्मुख छ।' थेरेसा मेलेबताएकी छन।

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहेका वेला प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गरेकी हुन।  'आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरुबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ।'मेले बताइन।

तर यता इयू नेताहरुले भने 'बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्न'  प्रतिकृया जनाएका छन।

अहिले बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बिना नै बेलायतको इयूवाट बाहिरीन सक्ने अनुमान अहिले गर्न थालिएका छन्। ब्रसेल्सतर्फ उड्नु केहीअघि उहाँकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन्।  

बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ। उनको प्रस्ताव अस्वीकृत भएपनि प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन।

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जीटका सन्दर्भमा सांसदहरुले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला र निर्वाध आवागमन हुन नहुने अडान राख्दै आएका छन्। सांसदहरुको भनाईमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ, र त्यसबाट ब्रेक्जीट सम्झौता कार्यान्वयन सम्भव हुँदैन। 

गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गरेको प्रस्तावित ब्रेक्जीट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो। इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ।

बेलायती जनमत पनि ब्रेक्जीटका बारेमा अझै विभाजित छ। केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयूबाट बेलायत बाहिरिनु पर्ने बताएका छन्। ब्रेक्जीटका बारेमा इयूसँग भएको सम्झौता बमोजिम बेलायत यही मार्च २९ तारिखबाट बाहिरिनु पर्नेछ।

प्रकाशित मिति: : 2019-02-21 23:39:08

प्रतिकृया दिनुहोस्