काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको कुवेतले १० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन बनाएको छ।
पहिलो पावरप्लेमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको कुवेतले त्यसपछि थप चार ओभरमा २ विकेट गुमाउँदै रन ७१ पुर्याएको हो।
नेपालका लागि बसन्त रेग्मीले र सन्दीप लामछानेले समान २-२ विकेट लिए भने करन केसीले १ विकेट लिए।