लागूऔषधसहित पक्राउ गर्ने क्रममा गाँजा छाडेर फरार भएका एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठ रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
काठमाडौँ महानगरपालिका–९ गौशालास्थित जनकपुर गेष्ट हाउसबाट यही साउन ५ गते तीन किलो गाँजा छाडी प्रहरीलाई छलेर उनी फरार भएका थिए। खोजी गर्ने क्रममा तारकेश्वर–९ बाट स्थानीय प्रहरीको समन्वयमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस