प्याजको भाउ बढेको नेपालमात्र भने होइन। छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ। नेपालमा प्याजको भाउ एक किलोकै २३० देखि २५० रुपैयाँ पुगिसक्यो। भारतमा पनिअहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ।
भारत सरकारले प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थालेको थियो।प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्।
भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्।पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए। तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए।
पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले।पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए।
ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया