उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा भएकी छन्।
इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता भएकाले मलेसियाबाट उनलाई रिहा गरिएको हो।
सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा ‘भीएक्स नर्भ एजेन्ट’ भनिने विषालु पदार्थ दलिदिएको आरोपमा उनी र अर्की भियतनामकी महिला डोन थी हौङलाई थुनामा राखिएको थियो ।
लामो समयपछि अल्स्यानको मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ सुरू हुन लागेकै बेला मुद्दा फिर्ता भएको हो। सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले कुनै कारण स्पष्ट नपारी सिती अल्स्यान विरूद्धका मुद्दाहरु फिर्ता गर्न अनुरोध गरेका थिए ।
इन्डोनेसियाका कानुनमन्त्रीलाई पठाइएको एउटा पत्रमा मलेसियाका महान्यायाधिवक्ताले दुई देशबीचको सुमधुर सम्बन्धमा असर नपार्न मुद्दा फिर्ता लिइएको उल्लेख गरेका छन् ।
सरकारी अभियोजनकर्ताको आग्रह अनुसार न्यायाधीशले मुद्दा फिर्ता लिन स्वीकार गरे पनि अल्स्यानलाई लागेको आरोपबाट सफाइ भने दिइनसकिएको अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरु त्यहाँ गएको बताउँदै आएका थिए ।
सोमबार हौङको बयान हुन लागेको थियो। अल्स्यानको मुद्दा फिर्ता भए पनि हौङको बयान भने पछाडि सारिएको छ ।
मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो। आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो ।
क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृष्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू गएको देखिएको छ।
त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरुले बताएका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया