बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।
राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरित दिशाबाट आएको अर्को बससँग ठोक्एिकाे थियाे। उक्त दुर्घटनामा माइक्रो बसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई बताए।
घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकोले थप विवरण प्रहरी अनुसन्धानपछि आउने प्रहरीले बताएको छ।