विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।
मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५/६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको डीएसपी शाहीले बताए ।