बंङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्।
करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो। आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो। यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्न बन्दै गएको छ।
मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो।
बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाए।
पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन्।
बुलबुलका कारण पश्चिम बङ्गालका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया