भारतीय संचारमाध्यम आजतकले ७ आतंकवादी नेपालको बाटो हुँदै भारत छिरेको दाबी गरेको छ ।
उत्तर प्रदेशक अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदसम्बन्धी विवादमा अदालतले फैसला सुनाउने दिन नजिकिँदै गर्दा उक्त आतंकवादी भारत पसेको जनाएको हो ।
आजतकका अनुसार सात मध्य ५ जनालाई प्रहरीले पहिचहान गरिसकेका छन् ।
मोहम्मद याकूब, अबू हमजा, मोहम्मद शाहबाज, निसार अहमद र मोहम्मद कौमी चौधरी् नाम गरेको् आतंकवादीको पहिचहान भएको आजतकले लेखेको छ ।
आजतकले जनाएअनुसार भारत प्रवेश गर्नु अगाडी नै पहिले नै आतंकवादी हमलाको अलर्ट जारी भइसकेको छ र प्रहरीले पनि आतंकवादी नेपालको बाटो हुँदै भारत छिरेको सूचना पाइसकेको छ ।
प्रहरीले उनीहरु अयोध्या वा गोरखपुरमा लुकेर बसेको आशंका गरिएको पनि समाचारमा जनाइएको छ । उनीहरु पाकिस्तानी रहेको बताइन्छ ।