भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ ।
सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भएको भारतीय संचार माध्यम दैनिक भास्करले जनाएका छन् ।
इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारका अनुसार उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएको बताए । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । पुलिसले ती व्यक्ति हमलाकर्ता भएको शंका गरेको छ ।
राजस्व अधिकारी कुमारले भने, ‘घटनाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हमलाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिए । आगोले नराम्रोसँग जलेका कारण विजयाको मृत्यु भयो जबकी उनी जलिरहेको देखे ।'
पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया