अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।
प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको जानकारी दिए ।
तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण गरेका थिए । आक्रमणपछि सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो ।
शनिबार अबेर रातिसम्म दुबै पक्षबीच भिडन्त भएपछि थप सुरक्षाफौज परिचालन गरिएको पनि प्रवक्ता नजारीले जानकारी दिए ।
तालिबान लडाकूहरुले पछिल्लो पटक बदाखसान प्रान्तका वार्दोज, यामगान र कुरान–वा–मुन्जान जिल्लामा नियन्त्रण गुमाएको सरकारी दाबी छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया